८ चैत्र २०७९, बुधबार
राजनीति

स्वतन्त्र मधेशको माग गर्दै आएका सिके राउत र सरकारबीच ११ बुँदे सहमति

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार १४:४५


काठमाडौं । सरकार र मधेशलाई अलग राज्य बनाउने भन्दै हिडेका सिके राउतबीच सहमति भएको छ । राउत मूलधारको राजनीतिमा आएका छन् । प्रधानमन्त्री केपी ओली र राउतले एउटै मञ्चबाट सम्बोधन गरेका छन् ।

स्वतन्त्र मधेशको माग गर्दै आएका रावत र सरकारबीच ११ बुँदे सहमित भएको छ। गृहमन्त्री रामबहादुर थापा र रावतले सहमतिमा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री ओलीले सिके राउतसँग एउटै मञ्चबाट राष्ट्रिय सभागृहबाट सम्बोधन गर्नेछन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले राष्ट्रिय महत्वको कार्यक्रम रहेको र यसका लागि सम्बोधन गर्न प्रधानमन्त्री जान लागेको कान्तिपुरसँग बताए। प्रधानमन्त्रीका सल्लाहकार अर्यालले मिडियालाई प्रत्यक्ष प्रशारणका लागि आह्वान समेत गरेका छन्।

राउतको विषयमा निर्णय गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ। बैठकले राउतको विषयमा धारणा बनाउनेछ। प्रधानमन्त्रीले गर्ने सम्बोधनको विषय पनि बैठकले तय गर्नेछ।

राउतले झण्डै एक दशकदेखि मधेश छुट्टै प्रदेशको अभियान चलाएका थिए। यसका लागि उनले लडाकु दस्ता समेत तयार पार्न थालेका थिए।

मुलुक नै टुक्राउने अभियान चलाएका कारण उनी पटक(पटक पक्राउ परेका थिए। बिहीबारमात्र अदातलले उनलाई छाड्ने आदेश दिएको थियो।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा