३ कार्तिक २०७८, बुधबार
राजनीति

प्रधानमन्त्री ओली भन्छन्, ‘सिके राउतमा दाहालको जस्तै छाँटकाँट देखे’

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार १५:४७


काठमाडौं । प्रधामनन्त्री केपी ओलीले सिके राउतमा दाहालको जस्तै निर्णय क्षमता देखेंको बताएका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच शुक्रबार भएको राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउतमा दाहालको जस्तै निर्णय क्षमता देखेको बताए ।

कार्यक्रममा बोल्दै उनले स‌ंसद्‌मा सहभागी भएदेखि पार्टी एकतासम्म पुग्दा दाहालले यस्तै निर्णय क्षमता देखाएको बताए। ‘त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिएँ’ प्रधानमन्त्री ओलीले भने, ‘संसद्, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जोसुकैले यस्तो गर्न सक्दैन, त्यो निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखेँ ।’

पृथकतावादी आन्दोलन त्यागेर राष्ट्रिय एकताको बाटोमा प्रवेशको घोषणा गर्दै सबैलाई सहयोगका लागि आग्रह गर्नेसम्मको राउतको निर्णय साधारण नभएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले तराईमा सिके राउतलाई देखाएर स्वार्थको रोटी सेक्ने दिन पनि अब सकिने बताए।देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सहमति हुन नसक्ने भन्दै उनले देश टुक्र्याउने कुरा आजबाट समाप्त भएको बताए।

राजपा सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको प्रसंगमा ओलीले सरकारले अदालतलाई निर्देशन दिन नसक्ने बताए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता