विवाद वार्ताका माध्यमबाट समाधान गर्न चीनको सुझाब

इन्द्र रिजाल
फागुन २४, २०७५ शनिबार १:५५:३६

चीन । भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् ।
चिनियाँ तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा वाङले भने, “चीनले शुरूदेखि संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्था नआओस भन्नका लागि आफ्नो स्थानबाट समस्याको समाधान गर्न सुझाब दिँदै आएको छ ।”
भारत तथा पाकिस्तानको विवादले विश्वको ध्यान केन्द्रित गरेको र यसलाई द्विपक्षीय वार्ताका माध्यमबाट समाधान गर्नु उचित हुने उनको भनाइ थियो ।
उनले थपे, “हरेक मुलुकको सार्वभौमिकता र प्रादेशिक अखण्डता पूर्ण रूपमा सम्मान गरिनुपर्ने भनाई चीनले सधैँ जोड दिइआएको छ ।”
मन्त्री वाङले भने, “पाकिस्तान र भारत दुई निकट छिमेकी भएको र दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्वीपीय सभ्यताको उपभोग गरेका छन् । दुई देशका सामु साझा रूपमा स्थिरता, विकास तथा समृद्धि हुने महत्वपूर्ण मौका देखापरेको छ । चीनले दुई पक्षलाई सह–अस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट
असोज १६, २०८० मंगलबार
पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला
असोज १६, २०८० मंगलबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार