१२ जेष्ठ २०७९, बिहीबार
तस्करी

काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा शक्तिशाली बम विस्फोट !

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार २०:१८


काठमाडौं । काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । सो मेनपावर वैदेशिक रोजगार महासंघको अध्यक्ष रोहन गुरुङको हो । साँझ करिव ७ः४५ तीर बम विस्फोट भएको हो ।

बमको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । विस्फोटबाट के कति क्षति भयो भन्ने बारे जानकारी आइसकेको छैन । सो मेनपावरले युवाहरुलाई विदेश पठाउने नाममा ठगी धन्दा चलाएको र विदेशबाट फर्केर आएकाहरुमाथि पनि अमानवीय व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा