१९ चैत्र २०७९, आईतवार
खोज / विशेष

स्ट्यान्डिङ क्रिकेट टोली शनिबार भारतको आग्रा जाने

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार २०:२९


काठमाडौं । भारतसंग तीन टी– २० क्रिकेट श्रृंखला खेल्न नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोली शनिबार भारतको आग्रा जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे ।

खेलाडीमा रामप्रसाद खरेल ९कप्तान०, हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, इन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोबी, लक्ष्मीप्रसाद अधिकारी, सोभितकुमार हल्वाइ, रुपक वाइबा, सुकलाल मिया, मीनप्रसाद ढकाल र ललनकुमार बाराही रहेका छन् ।

व्ह्ीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा अफिसियलमा राजेश शाह र शरद पौड्याल छन् ।

नेपालले मार्च १३, १४ र १५ तारिखमा भारतको राष्ट्रिय स्ट्यान्डिङ टिमसंग प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले जानकारी गराए । बिदाइका अवसरमा वज्रयोगिनी ब्याग प्रोडक्सनका प्रोपाइटर हरि श्रेष्ठद्वारा प्रायोजित पोशाक पनि टोलीलाई वितरण गरिएको थियो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा