२३ मंसिर २०७९, शुक्रबार
राजनीति

प्रधानमन्त्री र प्रचण्ड भोली रौतहट जादै, काठमाडौंबाटै खटिए सुरक्षाकर्मीको टोली !

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार २०:५१


रौतहट । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुक्ष्पकमल दाहाल प्रचण्ड शनिबार भोली रौतहटको गरुडा जाने भएका छन् ।

ने क पा प्रदेश २ कमिटीको आयोजनामा भोली हुने आमसभा विशेष सम्बोधन गर्न ओली र प्रचण्ड रौतहट जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो। जनसभाको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार साँझ ने क पाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले जानकारी नेपालबहस डटकमलाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। कार्यक्रम स्थलमा तायारीका लागि काठमाडौबाट सुरक्षाकर्मीको टोली रौतहट आइपुगेको छ।

टोलीको निगरानीमा मञ्च निर्माण भइरहेको छ। सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएका छन्। दुई नम्बर प्रदेशको गढ बनाउने भन्दै प्रदेश अध्यक्ष साहले विकासमा पछि परेको प्रदेशलाई प्राथमिकता सरकारले राखेको बताए।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा