काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रधानमन्त्री केपी ओली सरकार विरुद्ध आक्रोसित भएको छ । ओली सरकारविरुद्ध आक्रोसित भएपछि कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका छन्। विप्लवको विज्ञप्तीमा भनिएको छ “केपी-प्रचण्ड सरकारले केही समय देखि देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको छ।
दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा वहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुन सुन्दरीडाडा जंगलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरीबाट केन्द्रीय सदस्य कमरेड वन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ।
गाउँगाउँमा संकटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ, साथै घाइते कमरेड दुर्गा रोकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
यी सम्पूर्ण राज्य-आतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झुट्टा मुद्दाप्रति सबै राजनैतिक शक्ति, मानवधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस भन्ने आग्रह गर्दछौं।”
विज्ञप्तीमा अगाडि भनिएको छ “सवैलाई थाहा छ कि हाम्रो पार्टीले दलाल पूँजीवादीसत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध संघर्ष गरिरहेको छ।