६ कार्तिक २०७८, शनिबार

इटाली चीनको योजनामा सहभागी हुने विषयमा छलफल

प्रकाशित मिति :  २५ फाल्गुन २०७५, शनिबार १८:०७


काठमाडौं । चीनको महत्वाकांक्षी योजना वान बेल्ट, वान रोड (ओबीओआर)को योजनामा इटाली सहभागी हुने भएको छ ।  इटालीले चीनको यो योजनामा सहभागी हुने विषयमा छलफल चलिरहेको बताएको हो ।

इटालीको यो कदमले अमेरिकी अधिकारी र युरोपियन युनियन (ईयू) का नेताको चिन्ता बढ्नसक्ने बताइएको छ । इटालीले यसमा सहभागी हुने निर्णय गरेको खण्डमा चीनलाई भने निकै फाइदा पुग्नेछ ।

यसको सहयोगमा चीन आफ्नो आर्थिक प्रभाव विश्वभर विस्तारको लागि सहयोग पुग्नेछ । इटालीको आर्थिक विकास मन्त्री मिशेल जेराचीले बुधवार यो योजनामा सहभागी हुनका लागि चीनसँग सम्झौता भइसकेको र चिनियाँ राष्ट्रपति सि चिनफिङको इटाली भ्रमणको क्रममा यसमा हस्ताक्षर हुने बताइएको छ ।

इटालीको वार्ता टोलीका प्रमुख वार्ताकारले यो योजनामा सामेल हुने शतप्रतिशत निश्चित भएको बताए । यदि चीनसँग यो सम्झौता भए चीनको यो योजनामा सहभागी हुने जी७ को पहिलो मुलुक हुनेछ । एजेन्सी


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा