सधैभरी सुखी रहन चाहानु हुन्छ, हो भने यी कुरा अपनाऔ
इन्द्र रिजाल
फागुन २६, २०७५ आइतबार १६:१४:३५
काठमाडौ । सानो कुराका लागि घर छोड्नु, प्रेम वा वैवाहिक सम्बन्ध तोड्नु आवेगको परिचय हो । धेरै मानिस आफ्नो अभिमानका लागि जागिर छाड्ने मात्र होइन, अरूको प्राण लिन पनि पछि पर्दैनन् ।
व्यस्त जीवनशैलीका कारण धेरै मानिसमा धैर्य कम हुँदै गएको छ । हेर्दा सामान्य लाग्ने घटनाले पनि असामान्य परिस्थिति सिर्जना गर्न थालेको छ ।
व्ययस्क मानिसको देखासिखीमा साना बालबालिकामा समेत धैर्य र सहनशीलताको कमी देखिनु सामान्य बन्दै गएको छ । धेरैजसो व्यक्ति घर परिवारमै असहिष्णु हुँदै गएका छन् ।
अभिभावकका कुरा छोराछोरीले नमान्नु, दुलहीले माइतीमा कुरा उठाएर घरमा झगडा गर्नु, घरभित्रका साना कुरा पनि बाहिर सुनाउनु आदि घटना त्यसकै उदाहरण हुन् ।
असहनशीलताको कारण
ग्लोबलाइजेसनका कारण धेरै कुराको अर्थ र महत्त्व परिवर्तन भएको छ । महिलाको कार्यक्षेत्र फराकिलो हुन थालेको छ । पुरुषको जिम्मेवारी पनि पहिलेको तुलनामा बढेको छ ।
सबैको व्यस्तता बढेका कारण परम्परागत जीवनमा परिवर्तन देखिनु स्वाभाविक हो । सबैमा कोभन्दा को कमको भावना जागृत भएको छ । महिलामा जागरूकता बढ्दो छ । महिलाहरू आफ्नो कर्तव्यका साथै अधिकारका लागि पनि सचेत हुन थालेका छन् ।
अर्कातर्फ विभिन्न तनावका कारण पुरुषमा धैर्यको कमी हुन थालेको छ । यी विभिन्न कारणले सबैमा सहनशीलताको कमी हँुदै गएको अनुमान गर्न सकिन्छ ।
सम्पन्नतामा पालन–पोषण
केही वर्षअघिसम्म घरमा बालबालिकालाई पैसाको महत्व बुझाउने प्रयास गरिन्थ्यो । एकपटक कापी, पेन्सिल बक्स, कलर बक्स, ज्यामेट्रिक बक्स आदि खरिद गरेर दिएपछि त्यसलाई लामो समयसम्म सम्हालेर राख्न सिकाइन्थ्यो ।
हिँजोआज बालबालिका प्रत्येक दिन केही न केही हराउँछन्, त्यसलाई अभिभावकले सामान्य रूपमा लिन्छन् । हराउनेबित्तिकै अर्को सामग्री किनिदिने चलन छ । उनीहरूले एकछिन् पनि प्रतीक्षा गर्नुपर्दैन । यसले उनीहरूमा कुनै कुरामा धैर्य गर्नु नपर्ने बानीको विकास गरेको छ ।
कालान्तरमा अरू कुराको पनि प्रतीक्षा गर्न नसक्ने बानीको विकास हुँदा मानिसमा धैर्य गर्न नसक्ने अवस्था हुन्छ । युवा पुस्तामा देखिएको धैर्यको अभावले पनि काम गरेको हुन सक्ने मनोवैज्ञानिकहरूको ठहर छ ।
सहनशीलताको कमीले गर्दा युवापुस्ताको प्रेम लामो समय नटिक्ने, सम्बन्धलाई सम्हालेर राख्ने भन्दा छुटकारा पाउने प्रवृत्ति बढी देख्न सकिन्छ ।
सुविधाजनक जीवन
आर्थिक एवं वैज्ञानिक प्रगतिका कारण जीवनशैली सुविधा सम्पन्न हुँदै गएको छ । केही समयअघिसम्म अधिकांश महिलाको सम्पूर्ण दिन भान्सामा बित्थ्यो । पुरुष बाहिरी कामकाजमा सीमित हुन्थे ।
आज घरेलु उपकरणको उपस्थितिले घरेलु कामकाज सरल बनेको छ । इन्टरनेटले विश्वको दूरी घटाएको छ । काखे कम्प्युटर, मोबाइल फोन तथा टेलिभिजनका कारण मानिस थोरै समयमै धेरै व्यक्तिसँग भेट गर्न सक्छन् । यसले मानिसमा धैर्य गर्ने बानी हराएको छ ।
पहिले सानो कामका लागि ठूलो परिश्रम गर्नुपथ्र्यो । परिणामका लागि धैर्य गर्नुपथ्र्यो । आज थोरै समयमा क्षणभरमै धेरै उपलब्धि हुन थालेको छ । जीवन सहज बन्दैछ । यद्यपि यसले धैर्य र सहनशीलताबाट मानिसलाई टाढा पुर्याएको छ ।
आत्मनिर्भरता
अधिकांश मानिस आत्मनिर्भर हुँदै गएका छन् । आत्मनिर्भरतासँगै मानिसले सम्बन्धको गरिमा पनि गुमाउँदै गएको छ । घरमा दुवैजना कमाउँछन् भने यसबाट परिवारको आर्थिक एवं मानसिक दुवै स्थिति सुदृढ रहन्छ । यो आत्मनिर्भरतालाई यदि आत्मकेन्द्रित भएर हेरिए व्यक्ति मतलबी बन्न पुग्छन् ।
व्यक्ति मतलवी बन्न थालेपछि उसमा फरक किसिमको स्वभाव विकसित हुनथाल्छ । यसले अरूबाट चाँडै फाइदा खोज्ने बानीको विकास भएको छ । चाँडै कुनै कुरा चाहनु अधैर्यको उदाहरण हो ।
महत्वाकांक्षा
आत्मनिर्भरतासँगै मानिस बढी महत्वाकांक्षी हुन थालेको छ । निरन्तर अघि बढ्न ऊ विभिन्न विकल्पको खोजीमा हुन्छ । कुनै विकल्प भेट्नेबित्तिकै पहिले गरिरहेको कुरा छाड्ने प्रवृत्ति बढेको छ ।
बदलिँदो सामाजिक परिवेश पछिल्ला केही वर्षयता हाम्रो सामाजिक परिवेश धेरै हदसम्म बदलिएको छ । पहिले संयुक्त परिवार थियो । संयुक्त परिवारको जिम्मेवारी परिवारका सबै सदस्यमा बराबर हुन्थ्यो । आज एकल परिवारको चलन बढ्दो छ । यस्तो परिवारमा श्रीमान्–श्रीमती दुवै कामकाजी हुन थालेका छन् । घर–बच्चा र घरबाहिरको जिम्मेवारी बाँड्ने तेस्रो व्यक्ति छैन । फलस्वरूप थोरै चाहने, तर तुरुन्तै प्राप्त गर्नुपर्ने धारणाको विकास भएको छ ।
केही विवशता पनि
धैर्य एवं सहनशीलताको कमीका पछाडि थुपै्र कारण हुन्छन् । केही वर्षयता पहिलेको भन्दा जीवन सहज बनेको भए पनि जीवन संघर्षपूर्ण नै छ । कतै घरमा अनुशासनहीन बाल–बालिका त कतै आफ्नो जिम्मेवारीबाट बच्न चाहने पति, कतै लापरबाह र गैरजिम्मेवार महिलाको उपस्थिति देखिन्छ ।
कतै शिशुको पढाइ र क्यारियरका लागि चिन्तन हुन्छ भने कतै घर र नोकरीबीच सन्तुलन बनाउन परिश्रम गर्नुपर्ने बाध्यता छ । कतै आवश्यकताभन्दा बढी काम गराउने हाकिम छन् त कतै कामचोर सहयोगी । यस्तो अवस्थामा संवेदनशील व्यक्तिले कति सहनशीलता कायम गर्न सक्छ रु यद्यपि सबैले धैर्य कम राख्ने प्रयास भने छाड्नुहुँदैन । आफूमा धैर्यको कमी हुँदै गएको महसुस भए मनोचिकित्सकसँग सम्पर्क राख्नु उपयुक्त हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार