८ चैत्र २०७९, बुधबार
राजनीति

बम विस्फोटको विरोधमा देशभरका म्यानपावर कम्पनी बन्द

प्रकाशित मिति :  २६ फाल्गुन २०७५, आईतवार १२:५४


काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गरिएको छ ।

शुक्रबार घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको घटनाको भत्र्सना गर्दै ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो ।

गत शुक्रबार राति गुरुङको घरमा विस्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको थियो । यता, घटनाको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ ।

मानव तस्करीलाई पश्रय दिएको भन्दै गुरुङको घरमा विस्फोट गराइएको नेकपाले जनाएको छ । नेकपाले आर्थिक सहयोगका लागि गरेको आग्रहलाई नमान्दा विस्फोट गराइएको गुरुङको दावी छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा