महिला साफको उद्घाटन प्रचण्डले गर्ने
इन्द्र रिजाल
फागुन २६, २०७५ आइतबार १९:२:४७
विराटनगर । नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् ।
महिला साफ च्याम्पियनसिप प्रचार प्रसार समितिका संयोजक किरण राईले च्याम्पियनसिपको उद्घाटन प्रचण्डले गर्ने जानकारी गराए । उद्घाटन अपरान्ह २ बजे विराटनगरस्थित सहिद रंगशालामा हुनेछ ।
च्याम्पियनसिप मंगलबारबाट प्रदेश १ को विराटनगरमा आयोजना हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको समेत आयोजकले जनाएको छ ।
महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । पाकिस्तानले भने सहभागिता जनाउने छैनन् ।
च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ‘ए’ को नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछन् । यस्तै नेपालको समूहमा बंगलादेश पनि रहेको छ ।
समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार