८ चैत्र २०७९, बुधबार
राजनीति

जनमत संग्रह केका लागि र कसका लागि ? हामीलाई उत्तर चाहिन्छ : गगन थापा

प्रकाशित मिति :  २६ फाल्गुन २०७५, आईतवार २०:२१


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वतन्त्र मधेस गठबन्धनसँग भएको सम्झौताबारे सदनमा छलफल गराउन माग गरेका छन् ।

प्रतिनीधिसभाको शुन्य समयमा बोल्दै थापाले सरकार र सिके राउतसँग भएको सहमतिका बारेमा सदनले जानकारी पाउनुपर्ने भन्दै मुलुकले जनमत संग्रह स्वीकार गरेको हो कि होइन भनि प्रश्न गरे ।

थापाले सहमतिको भाषामा अस्पष्टता रहेको र दुई पक्षले आ–आफ्नै तरिकाले व्याख्या गर्न थालेकाले सरकारले यसबारेमा संसदमा छलफलको व्यवस्था गराउन माग गरे । उनले भने ‘केका लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह हामीलाई उत्तर चाहिन्छ ।

अत सहमतिको बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि जोडदार माग गर्दछु ।’


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा