८ चैत्र २०७९, बुधबार

सरकारले सीके राउतसँग गरेको सम्झौता हो कि षड्यन्त्र हो : पौडेल

प्रकाशित मिति :  २६ फाल्गुन २०७५, आईतवार २०:४६


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताएका छन् ।

कांग्रेस कास्कीद्वारा नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्को सम्मानका लागी आइतबार गरिएको कार्यक्रममा उनले यो सम्झौता हो कि षड्यन्त्र हो बिस्तारै खुल्दै जाने बताए । राष्ट्रिय अखण्डता, अविभाज्यताजस्ता विषय भाषण गरेर मात्रै नहुने नेता पौडेलको भनाइ थियो ।

वरिष्ठ नेता पौडेल र सभापति शेरबहादुर देउवाले शनिबार म्याग्दीस्थित तातोपानी कुण्डमा सँगै नुहाएको प्रसङ्गमा बोल्दै नेता पौडेलले पार्टीभित्रको एकता भावना, व्यवहार र विषयवस्तुमा हुनुपर्नेमा जोड दिँदै हामी एक भयौँ भन्दैमा एकता हुने होइन, तातोपानीमा पौडी खेलेर एकता हुन्छ ? भनेए प्रश्न उठाए ।

कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस आदिमाथि हस्तक्षेप हुने गरेको आरोप लगाउदै सरकार अधिनायकबादी शैलिमा अघी बढेको बताए ।

अर्का युबा नेता एबम केन्द्रीय सदस्य गुरुराज घिमिरेले केन्द्रदेखि वडास्तरसम्म पार्टी सङ्गठनलाई मजबुत बनाउने गरी अघि बढ्नुपर्ने तेसका लागी समयमै पार्टिको महाधिबेशन हुनुपर्ने बताए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा