काठमाडौं । नेकपाभित्र अहिले मन्त्रीका आकांक्षीहरु क्रमबद्ध रुपले बढिरहेका छन् । पर्यटन मन्त्रालय नेतृत्वविहीन बनेको १५ दिन पुग्न लागेको छ । गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परि मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि मन्त्रालय नेतृत्वविहीन बनेको हो ।
ने क पामा एकपछि अर्को गर्दै समस्या थपिएपछि मन्त्री छान्न सकिरहेका छैनन् । पर्यटन मन्त्री अधिकारीको निधन भएको हप्तादिन नपुग्दै पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि नेकपामा पुन शोक थपिएको थियो ।
अहिले लामो समयपछि नेकपामा मन्त्री छान्न बहस सुरु भएको छ । यसलगत्तै मन्त्रीका आकांक्षीहरुको भिड देखिएको छ । कसलाई मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा अहिले नेकपा भित्रै विवाद सुरु भएको छ ।
मन्त्रीका आकांक्षीमा नेकपा सचिवालय सदस्य योगेश भट्टराईको नामले चर्चा पाईरहेको छ । आन्तरिक स्रोतले दिएको जानकारी अनुसार सञ्चारमन्त्री गोकुल बास्कोटाले काम गर्न नसकेको भन्दै उनलाई पर्यटनमा सारेर योगेश भट्टराईलाई सञ्चार मन्त्रालयमा ल्याउने तयारी भइरहेको छ तर, अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।
यस्तै मन्त्रालयकै दावी गरिरहेकाहरुमा प्रेम आले, सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवारलगायतका नेताहरु मध्येमा कसलाई बनाउने भन्नेमा छलफल चलिरहेको स्रोतको दावी छ । उनीहरुमध्येबाट को को लाइ मन्त्री बनाउने भन्ने अन्तिम अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भएकाले यसबारेमा छिट्टै निर्णय गर्ने जनाईएको छ ।