१९ चैत्र २०७९, आईतवार

पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमण कार्यक्रम सार्वजनिक

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार १४:२०


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमणसम्बन्धी कार्यक्रम सोमबार सार्वजनिक भएको छ । पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ । भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् ।

पाठकका अनुसार २९ गते जनकपुरमा बास बसेर पूर्वराजा फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।


13
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता