पोखरा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् ।
सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले विप्लवलाई राम्रोसँग चिनेको बताए ।
आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन ।