६ कार्तिक २०७८, शनिबार
राजनीति

जनमतसंग्रह हुनैसक्दैन, यस बिषयमा कसैले चिन्ता लिनै पर्दैन !

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार १९:१२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने स्पष्ट पारेका छन् । सोमबार राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सिंहदरबारमा सम्बोधन गर्देप्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह नहुने र यस बिषयमा कसैले चिन्ता लिनु नपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे । पृथकतावादको अन्त्य हुंदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने,लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने उल्लेख गरे । देशको अखण्डता,सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।

त्यस्तै उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय आवश्यकताका आधारमा कार्यसम्पादन गर्न सुरक्षा परिषद्लाई निर्देशन दिए ।कार्यक्रमअघि प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा