८ चैत्र २०७९, बुधबार
राजनीति

कमल थापा भन्छन्, ‘सिके राउतसंगको सम्झौता कुटिल, भ्रमपुर्ण र रहस्यमय छ’

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार १९:२३


दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले सिके राउतसंग सरकारले गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको ‘सडक साक्षात्कार’मा राप्रपा अध्यक्ष थापाले विखण्डनवादी नेता राउतले आफ्नो अभिष्ट पुरा गर्न यो संझौता गरेको बताएका हुन् ।

‘वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राउतबीच भएको संझौता भएलगत्तै जनकपुरमा सिके राउत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षा घेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’— थापाले बताए ।

संझौताको दस्तावेज आएलगत्तै राउतले फेरी आफु तराईलाइ भिन्न पार्ने विषयमा जनमतसंग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उनले बताए । त्यसैगरि साक्षात्कारमा उनले राप्रपा धर्मनिरपेक्षता गणतन्त्र र संघियताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि चेतावनी दिए ।

आगामी चैत १ गते सबै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुनेपनि उनले बताए । त्यसैगरी उनले सर्वपक्षीय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मििनरपेक्षता हटाइ नेपाललाइ हिन्दुराज्य घोषणा गर्नुपर्ने पनि उनको माग थियो ।

फरक प्रसंगमा नेता थापाले आफुले पार्टीको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पारे । ‘राजसंस्थासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको हिन्दुराज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गएपनि यो एजेण्डा छाडेका छैनौं’—नेता थापाले भने ।

त्यसैगरि भुमिगत रुपमा सशस्त्र आन्दोलनमा होमिएको नेकपा माओवादी विप्लव समुहलाई पनि बन्दुक छाडेर जनताको बलमा आन्दोलनमा आउन आग्रह गरे ।

त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको १३ औं दिन सोमवार तुलसीपुरको विरेन्द्रचौकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्मनिरपेक्षताविरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसामुक्त समाजको आन्दोलमा सहभागी हुन आम नेपालीलाइ आह्वान गरेका छन् ।

विसं २०६२र०६३ को आन्दोलनपछि राष्ट्रघाति नागरीकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाइ नागरिकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथि आक्रमण गरेको भन्दै त्यसकाविरुद्ध यो अभियान सुरु भएको पनि पनि थापाले स्पष्ट पारे ।

कार्यक्रममा पुर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ तथा राप्रपा केन्द्रिय सदस्य तथा पुर्वमन्त्री प्रेम वहादुर भण्डारीलगायतले बोलेका थिए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा