१९ चैत्र २०७९, आईतवार

दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘ब्ल्याक बक्स’ भेटियो

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार २०:२५


काठमाडौं । आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन् ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो ।

इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्विटर पेजमा लेखेको छ, ुइथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।ु


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता