३ कार्तिक २०७८, बुधबार

हिमपातका कारण मुस्ताङमा १२ सय पशु चौपाया मरे

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार २०:२८


पर्वत । फागुन १५ गतेदेखि लगातार परेको हिमपातका कारण मुस्ताङको माथिल्लो भेगमा १२ सय भन्दा बढी पशु चौपाया मरेका छन् ।मुस्ताङको लोमान्थाङ गाउँपालिका, थासाङ गाउँपालिकालगायत क्षेत्रका स्थानीय कृषकहरुले पालेका पशु चौपाया मरेका हुन् ।

सीमा प्रहरी चौकी लोमान्थाङले दिएको जानकारी अनुसार लगातारको हिमपातका कारण लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा ८ सय ८८ भेडा च्याङ्ग्रा, २ सय ३९ चौरी मरेका हुन् । हिमपातबाट ५५ जना स्थानीय कृषकहरु पीडित बनेको प्रहरी चौकीले जनाएको छ ।

हिमपातका कारण थासाङ गाउँपालिका-२ का गोविन्द शेरचनले पालेका ८ वटा चौँरी गाईसमेत हिउँ पहिरोमा परि मरेका हुन् । हिमपातका कारण १ हजार १ सय ३५ वटा पशु चौपायाको मरेको र झण्डै २ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि मुस्ताङका हिमपात प्रभावित क्षेत्रहरुमा प्रहरीको टोली परिचालन गरिएको सीमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता