१६ मंसिर २०७८, बिहीबार
पत्रपत्रिका

बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार ०९:३४


काठमाडौं । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् ।

गत साउनदेखि पुस मसान्तसम्म एकहजार एकसय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एकहजार चारसय ८० मुद्दा दर्ता भएका थिए । जसअनुसार अघिल्लो वर्षको तुलनामा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएकाे हाे । बलात्कारका घटनामा उजुरी दिने प्रवृत्ति बढेकाले संख्या थपिएकाे प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार साउनमा २०५, भदौमा १९९, असोजमा १९८, कात्तिकमा १८७, मंसिरमा १५३ र पुसमा १६६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएसँगै महिलामाथि हुने हिंसाविरुद्ध सरकार तथा अन्य निकायबाट अभियान चलिरहेको छ । तर, त्यसयता घटना झन्–झन् बढेका छन् ।

समग्र मुद्दामा सुधार

फौजदारी मुद्दामा अदालतबाट कसुर ठहर हुने क्रम गतवर्षको तुलनामा सुधार भएको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार गतवर्ष ७१.५९ प्रतिशत मुद्दामा अदालतबाट कसुर ठहर भएको छ ।

गतवर्षको तुलनामा फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिलको सफलता बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६९.९७ प्रतिशत थियो । आर्थिक वर्ष ०७२/७३ मा भने ७४,५७ प्रतिशत पुगेको थियो । जसको तुलनामा पछिल्लो दुई वर्षमा सफलता घटेको छ ।

महान्यायाधिवक्ता कार्यालयले गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो, जसमा अपेक्षित रूपमा फौजदारी मुद्दामा सफलता प्राप्त गर्न नसकिएको उल्लेख छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा







तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता