रुपन्देही । रुपन्देहीको देवदहमा अज्ञात समूहले गरेको आक्रमणबाट नेपाल तरुण दलका सक्रिय कार्यकर्ताको हत्या भएको छ। आइतवार राति मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अनिश पुरीलाई देवदह भलुहीमा अज्ञात समूहले आक्रमण गरेको थियो।
यसैबीच जिल्ला भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पिडित परिवारलाई भेटेर हत्यारा पत्ता लगाउन दबाब दिने आश्वासन दिएका छन ।यो सरकार जनताको सुरक्षाप्रति जिम्मेवार नदेखिएको समेत पौडेलले बताए ।
नेता पौडेलले हत्यारालाई तत्काल कानुनी कार्बाही गर्न सरकारसँग माग गरेका छन । यस्तै हो भने जनताको सुरक्षा खोइ ? सरकार के का लागि ? पौडेलले सरकारप्रति प्रश्न गरेका छन ।