२२ मंसिर २०७८, बुधबार
राजनीति

सरकार र सिके राउतको सहमति र गतिविधिप्रति नेपाली कांग्रेसको आपत्ति !

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार १०:१४


काठमाडाैं । सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयझारा जारी विज्ञप्तिमा सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलगअलग व्याख्याले अन्योल सिर्जना गरेको भन्दै स्पष्ट पार्नसमेत आग्रह गरेको छ । कांंग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउन सक्दैनन् ,भनेको छ ।

प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुषाल गौतम तथा राष्ट्रिय सभाकी प्रमुख सचेतक सरिता प्रसाई र प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा सहमतिका प्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशंका उत्पन्न भएको उल्लेख छ ।

विज्ञप्तिमा ‘राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलापप्रति हामी घोर आपत्ति प्रकट गदैछौं’ भनिएको छ ।

विज्ञप्ति–


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा