३ कार्तिक २०७८, बुधबार

राष्ट्रपति भण्डारीले आज राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार ११:५९


काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संयुक्त राष्ट्रसंघीय आयोग ‘सीएसडब्ल्यू’ को ६३ औँ अधिवेशनलाई सम्बोधन गर्दैछिन् । अमेरिकाका न्यूयोर्कमा सोमबारदेखि जारी अधिवेशनका क्रममा भण्डारीले आज ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

नारी नेतृत्वले विश्वलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा राष्ट्रपति भण्डारीले धारणा राख्ने राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जानकारी दिएको छ ।

राष्ट्रपतिले समसामयिक विश्वका चुनौतीलाई सामना गर्न नारी नेतृत्वको महत्व र आवश्यकतामा केन्द्रीत रहेर मन्तव्य दिने बताइएको छ । राष्ट्रपति भण्डारीले भोलि २०१९ मा महिलाको अवस्था परिषदको बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । अधिवेशनमा भाग लिन भण्डारी सोमबार न्यूयोर्क पुगेकी हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता