८ चैत्र २०७९, बुधबार

मोदीको नोटबन्दीले अर्थव्यवस्था धरासायी : कांग्रेस

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार १२:३५


दिल्ली । भारतमा लोकसभा निर्वाचनको सरगर्मी बढेसंगै प्रमुख प्रतिपक्षी दल कांग्रेस आई पनि संगठित हुँदै गएको छ । उक्त क्रममा गुजरातमा ५८ वर्षप्छि पहिलो पटक कांग्रेस कार्यसमिति बैठक हुँदैछ ।

उक्त बैठकमा एनडीए–भाजपा सरकारद्धारा लागु भएको नोटबन्दीमाथि खास चर्चा हुने बुझिएको छ ।चुनाव प्रचारका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दीका कारण अर्थव्यवस्था कसरी घाटामा पुग्यो भन्ने बारेमा काँग्रेसले बताउने छ ।

यो प्रस्तावको कार्यसमितिमा मन्जुरीका लागि राखिने छ । यसका साथै जिएसटी, किसानहरुको दयनीय अवस्था र बेरोजगारीजस्ता मुद्धा पनि मुख्य एजेन्डामा सामेल रहेको बुझिएको छ ।

उक्त बैठकमा पाटीदार नेता हार्दिक पटेल सामेल हुनेछन् । उनी कांग्रेसमा सामेल हुने अड्कल पहिलेदेखि नै लाग्दै आएको थियो । कांग्रेस अध्यक्ष राहुल गान्धी र पूर्वअध्यक्ष सोनिया गान्धीको उपस्थितिमा पटेल काँग्रेस छिर्नेछन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा