५ जेष्ठ २०७९, बिहीबार

अफगानिस्तानमा भिडन्त, एघार सुरक्षा अधिकारीको मृत्यु

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार १४:२६


काठमाडौं । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ । प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनौं सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिए ।

यद्यपी यस झडपमा परी कैयौं आतङ्ककारी पनि मारिएका तथा घाइते भएका फिरोजले दाबी गरेको छ । यो स्थान अफगानिस्तानको राजधानी काबुलबाट ५५५ किलोमिटर टाढा छ । गत आइतबार पनि बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा २० भन्दा बढी सैनिक मारिनुको साथै २८ जना घाइते भएका थिए ।रासस


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा