५ जेष्ठ २०७९, बिहीबार

अब को बन्छ होला प्रमुख निर्वाचन आयुक्त ?

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार १५:१७


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त ईला शर्माले दुई हप्तापछि अवकाश पाउने भएका छन् । उनीहरुको अवकाशपछि आयोगको प्रमुख आयुक्त को बन्ने भन्नेबारे बहस सुरु भएको छ ।

क्रमशः सुधिर शाह, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलमध्ये एकजना प्रमुख आयुक्त बन्ने निश्चित् छ । स्रोतका अनुसार पौडेल कांग्रेसनिकट भएकाले उनको प्रमुख आयुक्त बन्ने सम्भावना छैन । शाह र दाहालमध्ये एकजना प्रमुख आयुक्त बन्ने निश्चित् छ ।

शाह नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् भने दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको मान्छे हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा