२१ मंसिर २०७९, बुधबार
राजनीति

सरकारद्वारा बिप्लब पार्टी माथि लाग्यो प्रतिबन्ध !

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार २१:५०


काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका क्रियाकलापमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । विप्लव समूहका क्रियाकलाप आतंककारी र आपराधिक भएको निश्कर्ष सहित उसमाथि प्रतिवन्धको घोषणा गरेको हो ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले विप्लव समूहका क्रियाकलापमा रोक लगाउने निर्णय गरेको हो । विप्लव समूहका क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।

गत शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई लुटेराको संज्ञा दिएका थिए ।  पछिल्ला दिनमा सार्वजनिक स्थानमा विस्फोटका घटना गराउँदै हिँडेपछि विप्लव समूहप्रति सरकारले कठोर रणनीति अख्तियार गर्न लागेको हो ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा