कांग्रेसको प्रतिक्रिया : ‘विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउँदैमा समस्या समाधान हुदैन’

इन्द्र रिजाल
फागुन २९, २०७५ बुधबार १४:१५:३४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउँदैमा समस्या समाधान नहुने र मुलुकमा शान्ति सुरक्षाको सुनिश्चितता नहुने प्रतिक्रिया दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउँदैमा समस्या समाधान भयो भनेर सोचे त्यो महागल्ती हुने बताए ।
हिजो कांग्रेस लगायत हालका प्रधानमन्त्रीले नेतृत्व गरेको पाटीले यो भन्दा अप्ठेरो अवस्थामा पनि माओवादीलाई विश्वासको वातावरणमार्फत अवतरण गराएको भन्दै प्रवक्ता शर्माले आज दुई तिहाइको सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएर बुद्धिमता नदेखाएको बताए ।
कांग्रेसका अर्का नेता तथा सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रतिबन्ध लगाउँदैमा विप्लव नेतृत्वको पार्टीका गतिविधि बन्द हुन्छ र हत्या आतंक बन्द भएर सामान्य हुन्छ भनेर विस्वास गर्न नसकिने बताए ।
यसअघि सरकारले एक वर्षको कार्यकालमा विप्वलका गतिविधि हेरेर मात्रै बसेको र वार्ताप्रति पनि गम्भिरता नदेखाएको कांग्रेसले आरोप लगाएको छ ।
‘सरकारले वार्ताप्रति गम्भिरता देखाएन । संवैधानिक प्रकृयामा आउन चाहेन भनेर नवोली बस्यो, विप्लवका गतिविधिलाई देखेको नदेख्यै गर्यो । जसका कारण उसका गतिविधि बढे, अन्त्यमा लुटेरा भनेर प्रतिबन्ध नै लगायो, यसले राम्रो संकेत गरेको छैन’, महतले भने ।
यद्यपी संविधान नमान्ने र आतंक मच्चाउनेलाई सरकारले नियन्त्रण गर्नु आफ्नो जिम्मेवारीमा पर्ने कांग्रेस नेता महतको भनाई छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेशमा झण्डै ६ खर्ब पैसा छ, तर, लगानी हुँदैन
असोज ८, २०८० सोमबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
असोज ४, २०८० बिहिबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार