२२ मंसिर २०७८, बुधबार

‘लालुमै’ गीतले ५० लाख दर्शकको मन जित्न सफल [ भिडियोसहित ]

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार ०९:४६


काठमाडौं । लोकप्रिय सर्जक शिव हमालको पछिल्लो गीत ‘लालुमै’  लाेकदाेहाेरी गीतले आक्रामक भ्युज बनाउदै सबैको मन मुटुमा बस्न सफल भएको छ । गीत सार्वजनिक भएको एक महिनाको अवधिमा ५० लाख भन्दा धेरै पटक युट्युबमा हेरिएको छ।

शिव हमालको लय तथा शब्द साथै सन्दिप न्यौपाने र विष्णु माझीको आवाज रहेको गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ ।

एकदर्जन भन्दा धेरै कलाकारहरुलाई नेपाली गीत संगीतमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्ने लोकदोहोरीका कुशल सर्जक शिव हमालको अत्यन्तै मार्मिक र मौलिक नयाँ गीत १३ फेब्रुवरीको दिन सार्वजनिक भएकाे थियो ।

भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्काले अभिनय गरेका थिए । भिडियोमा राजेश घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोशन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन रहेको छ ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा