८ कार्तिक २०७८, सोमबार

आज संसदमा सांसदसँग मन्त्रीहरूको प्रश्नोत्तर

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार ११:३२


काठमाडौं । प्रतिनिधिसभाको आज बुधबार दिउँसो १२ बजे बस्न लागेको बैठकमा मन्त्री र सांसदबीच मौखिक प्रश्नोत्तको कार्यक्रम रहेको छ ।

बैठकमा अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले प्रश्न सोध्ने कार्यसूची तयार पारिएको हो ।

संसद सचिवालयका अनुसार सांसदले सम्बन्धित मन्त्रीसँग मौखिक प्रश्न सोध्ने कार्यसुचि रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सांसदले सोधेका प्रश्नको जवाफ दिने सचिवालयले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ। बैठकमा निर्वाचन आयोगको आर्थिक वर्ष २०७४ ०७५ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपीशर्मा ओलीका तर्फबाट पेश गरिने छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा