काठमाडौं । साफ च्याम्पियनसीप फुटलबको दोस्रो खेलमा आज भारत र माल्दिभ्स भिड्दै छन् । समूह बी मा रहेका दुई टोलीविचको खेल विराटनगरको सहिद रंगशालामा खेल दिउँसो तीन बजे सुरु हुनेछ ।
दुबै टिम पहिलो खेलमा जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउने प्रयत्नमा हुनेछन् । साफका पछिल्ला ४ संस्करणमा भारतीय टिम अपराजित रहेको छ ।
उसले लगातार १९ खेलमा पराजय भोगेको छैन । मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले हराएको थियो ।