१६ चैत्र २०७९, बिहीबार

विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार १४:२८


काठमाडौं । विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ।

गुगलले आफ्नो वेभसाइटमा ुसर्भिस डिसरपसनु भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ। ‘केही देशहरुका प्रयोगकर्ताहरुले जिमेल र गुगल ड्राइभ प्रयोग गर्न सके पनि मेसेज वा फाइलहरु ट्रान्सफर, डाउनलोड वा सेयर गर्न सकिरहेको छैन’ गुगलले उल्लेख गरेको छ।

गुगलले आफ्नो इन्जिनियरिङ टोलीले समस्याका बारे अनुसन्धान गरिरहेको बताएको छ। यस्तै यससम्बन्धी छिट्टै अर्को सूचना जारी गर्ने बताएको छ।बिहानैदेखि जिमेल र गुगल ड्राइभमा समस्या देखिएपछि गुगलमा धेरै राष्ट्रबाट रिपोर्ट गरिएको थियो।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा