८ चैत्र २०७९, बुधबार
खोज / विशेष

अब ओलीले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्छ :- कांग्रेस नेता, प्रदीप पौडेल

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार १४:३४


सरकार र सीके राउतबीचको सम्झौतालाई के भन्नु हुन्छ ?

सरकारले गुपचुपमा वार्ताको तयारी र सम्झौता गरेको छ । यसमा कत्तिको विश्सनियता छ भन्ने कुरा सरकारले जान्दछ । कसैले थाहा पाउला न कि भनेर सरकारले हतारमा आफुले मात्र जस लिन एकदमै ठुलो काम गरेको भान पार्न खोजेको छ र यसमा कसैको हात छैन भनेर सरकारले देखाउने धृष्टता गरेको देखिन्छ । सम्झौता पनि दुई अर्थी छ । यो सम्झौताले विखण्डन रोक्ने दावी सरकारको छ । यसमा देश टुक्राउने मनसाय छैन भनेको छ । उता सीके राउतले भने मधेस टुक्रयाउने एउटा आधार यो सम्झौतापछि बन्यो भनेका छन् । सरकार सीकेसँगको सम्झौता नै ठुलो काम हो भन्ने रणनीतिक प्रचारमा लागेको छ । सीकेसँग काधँ मिलाएर भाषण गर्नु नै ठुलो काम होइन ,सरकारले त गह्रैजिम्मेवारपुर्ण काम गरेको छ । । सम्झौतापछि ओली सरकार रक्षात्मक भएको देखिन्छ ।

ओलीको बुद्धि चर्न गाको थियो ? देशको प्रधानमन्त्री हो उहाँ । ओलीका हरेक कुरा देशसँग जोडिन्छन, देशको भविष्यसँग जोडिन्छन, देशको अखण्डतासँग जोडिन्छन । तर उहाँले मनपरी गर्दै हिड्न पाइन्छ ?

सीकेले जनमत संग्रहको आधार तय भयो भन्दै भाषण र नाराबाजी गर्दै हिड्का छन्, यता सरकार होइन भन्छ, कांग्रेसले कसरी बुझेकोे छ ?

पहिलो कुरा सीके राउत आफैमा विद्रोही हुन्, उनको पुरानो भाषामा भन्ने हो उनी विखण्डनवादी हुन् । उनले आफ्नो कुरा गरिरहेका छन्, उनी आफ्नो कुरामा सही होलान् । उनले पहिले पनि यहि कुरा गर्थे अहिले पनि यही कुरा गर्छन । तर ओली सरकार त आफुलाई राष्ट्रवादी हौं भन्थ्यो, हिजोका दिनमा सीकेलाई थुनेको ,कारवाही गरेको भन्थ्यो । तर सीके राउतले जनमत संग्रहको बाटो खुल्लो भनेर भन्न मिल्ने गरी उहाँहरुले सम्झौता किन गर्नु भा‘को ? सबै कुराको फैसला जनताले गर्न सक्छन् भन्ने कुरा सम्झौतामा उल्लेख छ । त्यसोभए सीकेले भने जस्तै सबै जनताले जनमत संग्रह गर्नसक्ने भए नि । अब जनताले सहि र गलत के हो भन्ने छुट्याउन सक्ने भए । प्रधानमन्त्रीले के के नै गरे भन्दै सम्झौता गर्ने तर त्यसको मसी सुक्न नपाउदै अहिले देश टुक्राउन पाइदैन, जनमतसंग्रह केही कुरामा हुन्छ सबै कुरामा हुदैन भन्ने चेतना सम्झौता गर्ने बेला कहाँ गा’को थियो ? ओलीको बुद्धि चर्न गाको थियो ? देशको प्रधानमन्त्री हो उहाँ । ओलीका हरेक कुरा देशसँग जोडिन्छन, देशको भविष्यसँग जोडिन्छन, देशको अखण्डतासँग जोडिन्छन । तर उहाँले मनपरी गर्दै हिड्न पाइन्छ ?

सीकेसँग सम्झौता गर्ने ओली राजद्रोही हुन् त ?

होइन । म मेरो देशको प्रधानमन्त्रीलाई अहिले नै राजद्रोही हुन् भनेर ट्याग लगाउन चाँहदिन , तर आशंका गर्ने अवस्था छ । प्रधानमन्त्री भएर गलत काम गर्ने, प्रचारका लागि काम गर्ने  ?  मैले सीकेलाई मिलाएको हुँ भन्दै सुरक्षागार्ड दिएर पठाएकोे भोलिपल्टै उनी जनकपुर गएर आफ्नै सेना/कमाण्डो प्रर्दशन गरे । उनलाई आफ्नै सेनाले सुरक्षा दियो । देश बिखण्डनका निम्ति वातावरण सृजना गरिसकेका रैछन् भन्ने कुरा त ओलीले सम्झौता गरेपछि बल्ल खुल्न आयो । उनीहरुले छुट्टै ढङले आफ्नो मागलाई पुरा गर्न पुर्व तयारी गरेका रै’छन ।

देशको प्रधानमन्त्रीले यस्तो गल्ती गर्न मिल्छ ? यस्ता गल्ती कतिपटक गर्ने ? ओली जीबाट यस्ता गल्ती बारम्बार भएका छन् ? दुई तिहाईको सरकार छ भन्ने उहाँमा दम्भ छ । त्यसैले प्रधानमन्त्रीले पदीय मर्यादा अनुसार व्यवहार गर्न नजानेको विषय हो यो । सम्झौता पनि दुई अर्थी थियो । अर्कोकुरा ओलीले भनेको जस्तो सम्झौता नभएको कुरा त सीकेले नै पुष्टि गरिसकेका छन् ।

जब नारा लाग्यो, ब्यानर र दस्ताबेज आयो तर सीकेले यस्तो नगर त भनेनन् नि ! अब देशलाई विखण्डन गर्ने तिर लाग्दैनौ, यो हाम्रो पुरानो दस्तावेज हो पनि भनेनन् ? यति भएपछि बुझ्ने कुरा हो । पहिलो कुरा सरकार आफै अग्रसर भएर सम्झौता गरर्यो ? सम्झौता गर्ने अर्कोपक्ष इमादार नभएपछि सरकारले त्यो कसरी सहि थियो भन्नसक्छ ? अर्को कुरा सम्झौता गर्ने पक्ष इमादार नभएर नियम उल्ङघन गरेपछि अब सरकारले भन्नु पर्यो कि हामीले धेरै गृहकार्य नगरी, धेरै सोधपुछ नगरी गरेको सम्झौता धोकापुर्ण भयो,हामीबाट ठुलो गल्ती भयो तसर्थ हामी देशबासी समक्ष माफी चाहन्छौ भन्नुपर्छ । देशको प्रधानमन्त्रीले यस्तो गल्ती गर्न मिल्छ ? यस्ता गल्ती कतिपटक गर्ने ? ओली जीबाट यस्ता गल्ती बारम्बार भएका छन् ? दुई तिहाईको सरकार छ भन्ने उहाँमा दम्भ छ । त्यसैले प्रधानमन्त्रीले पदीय मर्यादा अनुसार व्यवहार गर्न नजानेको विषय हो यो । सम्झौता पनि दुई अर्थी थियो । अर्कोकुरा ओलीले भनेको जस्तो सम्झौता नभएको कुरा त सीकेले नै पुष्टि गरिसकेका छन् ।

के अब ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ ?

यो पहिलो कुरा होइन, उहाँले धेरै हावादारी कुरा गर्नु भएको छ । सरकारले गरेको हरेक कुरा परिपक्क हुनुपर्ने हो तर सबै कुरा हावादारी र दम्भले भरिपुर्ण छन् । प्रधानमन्त्री भएपछि के बोल्दा के हुन्छ भन्ने बुझ्नुपर्छ । जुनसुकै विषयमा पनि जनमत संग्रह हुने भनेपछि देश टुक्राउने खेलमा प्रधानमन्त्री पनि संलग्न छन् भन्ने बुझ्न सकिन्छ । प्रधानमन्त्रीले राष्ट्रघात गर्न मिल्दैन । यसमा ओलीले गम्भिर त्रुटी गरेका छन् । हामीले दुई तिहाईको रबैया हेरिरहेका छौ । अब ओलीले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्छ । राष्ट्रघातको गम्भीर गल्ती गर्दा पदमा बसिरहन मिल्दैन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा