विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने बिषयमा सरकारसँग कुनै छलफल नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले चन्द नेतृत्वको नेकपाले विभिन्न ठाँउमा बम बिस्फोट गराएर आतंक मच्चाएको भन्दै कारबाही गनुपर्ने बताएका हुन् ।
अर्को प्रसंगमा देउवाले सीके राउतसँग भएको देश टुक्र्याउने जनमतसंग्रह नमान्ने बताएका छन् । सांसद रेशम चौधरीलाई जन्म कैदको फैसला गरेको बिषयमा सभापति देउवाले अदालतको आदेश सही भएको बताए ।