काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको छ ।
बुधबार संसदको बैठक शुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए ।
यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । त्यसलगत्तै संसद अवरुद्ध भएको हो ।