२१ मंसिर २०७९, बुधबार

प्रधानमन्त्री ओलीको सनकले गर्दा मुलुक द्वन्द्वतर्फ : युवानेता गगन थापा

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार १७:२३


काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री के पी ओलीको सनकले गर्दा मुलुक द्वन्द्वतर्फ धकेलिन लागेको आरोप लगाएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएको विषयलाई लक्षित गर्दै नेता थापाको यस्तो भनाइ सार्वजनिक भएको हो ।

बुधबार नेपाल महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने  प्रष्ट पारेका हुन् ।

उनले भने, ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो । अहिले केपी ओलीले फेरी देशलाई अशान्ति र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन ।’

ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको उनको आरोप थियो ।

साथै थापाले संसदमा विपक्षी दल कांग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि ठुलाे भुल हुने पनि बताए । देशलाई बचाइराख्न अब कांग्रेसले सशक्त भूमिका रचनात्मक तरिकाले खेल्नुपर्नेमा जोड दिए ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा