६ कार्तिक २०७८, शनिबार
वाणिज्य बैंक

धनगढीको डिमोटी चोकमा जनता बैंकको एटीएम सेवा

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार १७:४०


कैलाली । जनता बैंक नेपाल लिमिटेडले धनगढीको असनपुर डिमोटी चोकस्थित निसर्ग अस्पताल परिसरबाट एटीएम सेवा शुरु गरेको छ । बैंकको यो ९४ औं एटीएम हो ।

उक्त एटीएम सेवाको समुद्घाटन एक समारोहका बीच धनगढी उप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा गरेका थिए । सो एटीएमको प्रयोगबाट यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

यो सेवासँगै बैंकको पूर्व मेचीदेिख पश्चिम महाकालीसम्म ७ वटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्लासमेत समटिने गरी १२८ शाखा, ५० शाखारहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल थप बिस्तार गर्दै देशभरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा