भोलि नेपाल बन्द, विप्लवले गरे यस्तो आव्हान [ विज्ञप्तिसहित ]
इन्द्र रिजाल
फागुन २९, २०७५ बिहिबार ०:२६:४
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडतालसहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका हुन्। विप्लवको विज्ञप्तीमा भनिएको छ-“केपी-प्रचण्ड सरकारले केही समयदेखि देशभरी फासिष्ट दमन अभियान तीव्र बनाएको छ।”
दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गावहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुन: सुन्दरीडाडा जंगलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरीबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ।
गाउँगाउँमा संकटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने ,झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ, साथै घाइते कमरेड दुर्गा रोकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
यी सम्पूर्ण राज्य-आतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झुट्टा मुद्दाप्रति सबै राजनैतिक शक्ति, मानवधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस भन्ने आग्रह गर्दछौं।” विज्ञप्तीमा अगाडि भनिएको छ- “सबैलाई थाहा छ कि हाम्रो पार्टीले दलाल पूँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध संघर्ष गरिरहेको छ।”
ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन र जनताकै हितका लागि पार्टीले प्रतिरोध संघर्षको बाटो पकडी रहेको छ । विडंवना, कथित बामपन्थी, कम्युनिष्टको सरकार भनिने सामाजिक दलाल पूँजीवादी सरकारले ती राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरुको रक्षार्थ हाम्रो पार्टी विरुद्ध दमन गरिरहेको छ। हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र संघर्ष विरुद्ध हुने कुनैपनि प्रकारको दमनको सशक्त प्रतिराध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौं ।
हाल चलिरहेको फासिष्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिदैन। जसरी शिवगढीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ। यसैका लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरी भइरहेको सेना प्रहरी परिचालन र दमनका विरुद्ध यही फाल्गुन ३० गते आमहडतालसहित नेपाल बन्द आयोजना गरेको छ। यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखाना लगायत सम्पूर्ण क्षेत्रहरु बन्द गरेर सहयोग पु¥याइदिन हुन विशेष आग्रह गर्दछौं ।”
शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले ‘नेकपा’का कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको भन्दै विप्लवलाई पार्टीको नाम लुटेरा समुह राख्न भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए।
केही दिनदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि दमनको भाषा बोलेको भन्दै वक्तव्यमा अगाडि भनिएको छ “केही दिन अगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरुको फाँसिवादी चरित्र उदाङ्गो भएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार