२२ मंसिर २०७९, बिहीबार
राजनीति

‘प्रचण्ड, ओलीलाई मुद्दा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने ?’ : राजेन्द्र महतो

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार २०:५४


काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जन्म कैद हुनुपर्ने माग गरेका छन् ।

एक अन्तरवार्तामा महतोले चौधरीलाई जन्मकैद गरिए जस्तै प्रचण्ड ओलीलाई पनि जन्मकैद हुनुपर्ने माग गरेका हुन् । कोहीले आन्दोलन गर्दा देशको प्रधानमन्त्री हुने र कोहीले आन्दोलन गर्दा जेलमा सडिनु परेको भन्दै असन्तुष्टि जनाए ।

‘प्रचण्डले हजारौं मान्छे मारे । ओलीले पनि थुप्रै मान्छे मार्न लगाए । कसलाई मुद्दा लाग्यो ? को माथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’ राजपा नेता महतोले भने ‘अनि रेशम चौधरी जनताबाट निर्वाचितलाई चाहिँ जन्मकैद ? के यही हो लोकतन्त्र ? यसैका लागि लडेका हौं हामी ?’

विभिन्न कालखण्डमा अधिकारका लागिआफूहरुले पनिमिलेर संघर्ष गरेको भन्दै महतोले एकै मुलुकमा दुईवटा व्यवहार भएको बताए ।निर्वाचित सांसद चौधरीलाई जेलमा कोचेर सदनमा उपस्थित नगराउनु जनताको, जनादेशको अपमान भएको उनले बताए ।

पत्रकार श्याम सुन्दर पुडासैनीले महतोसंग गरेको कुराकानी:


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा