काठमाडौं। नेपाल क्लियरिङ हाउसको सिइओ निलेशमान सिंह प्रधानको पदावधि चार वर्षका लागि थप भएको छ। कम्पनीको १२३औं संचालक समितिले प्रधानको पदावधि चार वर्षलाई थप गरेको हो। प्रधान २०६७ सालदेखि कार्यरत छन्।
कम्पनी स्थापनादेखि हालको उचाईसम्म पु¥याउन उनले प्रमुख भूमिका निर्वाह गरेका छन् । काठमाडौं विश्व विद्यालयबाट बिई र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजीबाट एमबिए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित कम्पनीले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उदेश्य लिएको छ ।
कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीन जना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ।