काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।
चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।