१४ चैत्र २०७९, मंगलवार

विश्व उपभोक्ता अधिकार दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  १ चैत्र २०७५, शुक्रबार ११:३५


काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले दिवसमा अवसरमा गोष्ठी अन्तर्क्रिया तथा चेतनामूलक कार्यक्रमहरू गर्दैछन् ।

सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनौट र सुनुवाईलाई उपभोक्ताका चार अधिकारमा रूपमा घोषणा गरेको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन । उनलेसेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १ सय ५ व्यवसायको अनुगमन गरी कारवाहीस्वरूप २५ लाख रुपैया असुल गरिएको छ । विभागका अनुसार प्रदेश र स्थानीय तहमा अझै कानून नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न भने समस्या भएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा