१९ चैत्र २०७९, आईतवार

राप्रपाले आज आमसभा गर्दै, मेची-महाकाली यात्रा समापन हुने

प्रकाशित मिति :  १ चैत्र २०७५, शुक्रबार ११:५१


काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ । मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापनको क्रममा राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

फागून १५ गते ताप्लेजुङ्गवाट शुरु भएको यात्राको समापन आज काठमाडौंमा र्‍याली सहित सभा गरेर समापन गर्न लागिएको हो । राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली यात्रा गरेको हो ।

राप्रपाले हिन्दु राष्ट्र पुनस्स्थापना, संघीयताबारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भष्ट्राचारको अन्त्यको माग गर्दै आएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा