काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारको आह्वान स्वागत योग्य रहेको बताएका छन । यसैले आफ्ना मागहरु सम्बोधन गरे सहमतिमा आउने जनाएको छ ।
विप्लवलाई सरकारले प्रतिबन्ध लगाएपछि आक्रमक रुपमा प्रस्तुत भएको थियो । विहिबार मन्त्रीपरिषदको बैठकले विप्लवलाई देशमा आतंक मच्चाउन छोडेर वार्तामा आउन आह्वान गरेपछि यसलाई विप्लवले स्वागत गरेका हुन ।
विप्लवले सुरुमा आफुहरु प्रति सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिनुपर्ने बताएको छ । यस्तै विप्लव स्रोतले दिएको जानकारी अनुसार एकातर्फ प्रतिबन्ध लगाउने र अर्कातर्फ वार्तामा बोलाएको जस्तो गरि सरकारले गम्भीर षडयन्त्रमुलक काम गरिरहेकाले यसलाई सुधार गर्न माग गरेको छ ।
यस्तै सरकारले इमान्दार बनेर वार्ताको वातावरण तयार पार्नुपर्ने विप्लवको पार्टीका नेताहरूको मााग रहेको छ । साथै विप्लवले सरकारले सीके राउतसंग गरेको सम्झौता फिर्ता गर्न माग गरेको छ । विप्लवले आफ्ना बाँकी मागहरु सरकार समक्ष राख्ने जनाएको समेत स्रोतले दावी गरेको छ ।