नेपालको वैदशिक व्यापार :- पैठारी ६ खर्ब ,निकासी जम्मा ३७ अर्ब

इन्द्र रिजाल
चैत १, २०७५ शुक्रबार २०:६:२८

विशेष संवाददाता
काठमाडौं । नेपालको वैदेशिक व्यापारको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम पाँच महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भई रु. ६४४.५० अर्ब अर्थात ६ खर्ब ४४ अर्ब ५० लाख पुगेको छ ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.८ प्रतिशत र ९४.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भर्ई रु ३७.५० अर्ब अर्थात ३७ अर्ब ५० लाख तथा कुल पैठारीमा ३३.८ प्रतिशतले वृद्धि भई रु. ६०७.०० अर्ब अर्थात ६ खर्ब ७ अर्ब पुगेको छ । आ.व. २०७४/७५ को प्रथम पाँच महिनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.६ भएकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१६.२ रहन आएको छ ।
निकासी व्यापारतर्फ पनि समीक्षा अवधिमा १२.३ प्रतिशतको वृद्धि देखिए तापनि निर्यातको आयतन पहिल्यै देखि आयातको तुलनामा धेरै सानो भएको हुँदा यसवृद्धिले मुुलुकको निर्यात–आयात अनुपातलाई सुधार गर्न खासै योगदान दिन नसकेको अवस्था विद्यमान छ । गन्तव्यका दृष्टिले नेपालको निर्यात व्यापारमा भारतको हिस्सा उल्लेख्य रहेको छ भने अन्य प्रमुख गन्तव्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका ( १२ प्रतिशत), जर्मनी (४ प्रतिशत), युके ( ४ प्रतिशत), टर्की ( ३ प्रतिशत) रहेका छन् ।
निकासीमा पैठारीको दाँजोमा न्युन वृद्धि तथा पैठारीमा भारी वृद्धिका कारण व्यापारघाटा बढ्ने क्रम जारी रहेको छ । मुलुकका लागि अति आवश्यक वस्तुहरु जस्तै पेट्रोलियम पदार्थ, विकास निर्माणका लागि चाहिने फलाम तथा स्टीलका उत्पादनहरु, मेशिनरी एवं पाट्र्स तथा मुलुकमा उत्पादन नहुने तर नभई नहुने यातायातका साधनहरु, विद्युतजन्य उपकरणहरु तथा हवाईजहाज तथा पाट्र्सको आयातका कारण आयातमा भारी वृद्धिको अवस्था देखिएको हो । माथि उल्लेखित वस्तुहरुको हिस्सा नेपालको कुल पैठारीमा करिब ४९ प्रतिशत रहेको छ ।
नेपाल कृषि प्रधान देश हुँदाहुँदै पनि कृषिजन्य वस्तुहरुको आयातमा समीक्षा अवधिमा करिब १४ प्रतिशतले वृद्धि भएको छ जुन चालु आवको प्रथम पाँच महिनाको नेपालको कुल आयातको लगभग १५ प्रतिशत हुनजान्छ । यसका अतिरिक्त सुनचाँदी जस्ता वस्तुहरुको आयातको हिस्सा पनि नेपालको कुल व्यापारको लगभग ४ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा कृषिजन्य वस्तुहरुको निर्यातमा २६ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ४४ करोड पुगेको छ । साथै परम्परागत रुपमा निकासी भईरहेका गैरकृषिजन्य वस्तुहरु ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुहरुमा उल्लेख्य वृद्धि भएकोले मुुलुकको समग्र निर्यातमा सुधार देखिएको हो । मुलुकको समग्र निर्यातमा गैर–कृषिजन्य वस्तुको तुलनामा कृषिजन्य वस्तुहरुको निर्यात उच्चदरमा वृद्धि भएको देखिन्छ ।
निकासी व्यापारतर्फ पनि समीक्षा अवधिमा १२.३ प्रतिशतको वृद्धि देखिए तापनि निर्यातको आयतन पहिल्यै देखि आयातको तुलनामा धेरै सानो भएको हुँदा यसवृद्धिले मुुलुकको निर्यात–आयात अनुपातलाई सुधार गर्न खासै योगदान दिन नसकेको अवस्था विद्यमान छ । गन्तव्यका दृष्टिले नेपालको निर्यात व्यापारमा भारतको हिस्सा उल्लेख्य रहेको छ भने अन्य प्रमुख गन्तव्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका ( १२ प्रतिशत), जर्मनी (४ प्रतिशत), युके ( ४ प्रतिशत), टर्की ( ३ प्रतिशत) रहेका छन् ।
उपरोक्त देशहरुमा भारततर्फको निकासीमा २०.५ प्रतिशतले वृद्धि भई रु २१.९२ अर्ब पुगेको छ । भारतमा निकासी भएका प्रमुख वस्तुहरुमा चिया, जुस, फलाम तथा फलामका उत्पादन, कपडा, जुटका उत्पादनहरु, अलैंची रहेका छन् । यस्तै संयुक्त राज्य अमेरिका तर्फको निर्यातमा २६.६ प्रतिशतले वृद्धि भई रु ४.६८ अर्ब पुगेको छ । संयुक्त राज्य अमेरिका तर्फको निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्ट, छुर्पी, टोपी र ग्लासवेयर आदि रहेका छन् ।
जर्मनीको निकासीमा ८.७ प्रतिशतले वृद्धि भई रु १.४७ अर्ब पुगेको छ । जर्मनीतर्फ निर्यात हुने वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, फेल्ट, टोपी प्रमुख रुपमा रहेका छन् । युके तर्फको निर्यातमा पनि २.२ प्रतिशतले वृद्धि भई रु १.३६ अर्ब पुगेको छ । युकेतर्फ निकासी हुने वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, फेल्ट, टोपी प्रमुख रुपमा रहेका छन् ।
उता टर्कीतर्फको निर्यातमा भने ३७.३ प्रतिशतले ह्रास आई रु १.२६ अर्बमा सिमित हुन पुगेको छ । समीक्षा अवधिमा उक्त मुलुकमा निर्यात हुने यार्नको निकासीमा करिब ३७ प्रतिशतले कमी आएका कारण यो ह्रास देखिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपघरभाडा नबढाउन सङ्घको अपिल
जेठ २१, २०८० आइतबार
आजको तरकारी तथा फलफूलको मूल्यः मालदह आँप १ सय १० रूपैयाँ
जेठ २१, २०८० आइतबार
भारतबाट छुटेको कार्गो रेल विराटनगर आइपुग्यो
जेठ १८, २०८० बिहिबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने
जेठ २२, २०८० सोमबार
यौन दुर्व्यवहार मुद्दामा मदन राई धरौटीमा रिहा
जेठ २२, २०८० सोमबार
सांसदहरूले गरे गाँजा खेती गर्ने सरकारको निर्णयको समर्थन
जेठ २२, २०८० सोमबार
राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त
जेठ २२, २०८० सोमबार
प्रतिनिधिसभाको बैठकमा शाेक प्रस्ताव पारित, अर्काे बैठक भाेलि ११ बजे बस्ने
जेठ २२, २०८० सोमबार
अर्थमन्त्री महतमाथि घरानालाई पोस्ने गरी करको दर हेरफेर गरेको आरोप
जेठ २२, २०८० सोमबार