नेपाल कम्युनिष्ट पार्टि ‘ने क पा’मा मन्त्री बन्न तछाड मछाड, कसले मार्ला बाजी ?

इन्द्र रिजाल
चैत १, २०७५ शनिबार ०:४९:२७

काठमाडौं । प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टि ‘नेकपा’का अध्यक्ष केपी शर्मा ओलीले सरकारको वर्तमान मन्त्री मण्डल पुनर्गठन गर्ने जानकारी बाहिरिए लगत्तै नेताहरुको दौडधुप बढेको छ ।
नेकपाका अधिकांस नेताहरु अहिले मन्त्री बन्ने लबिङमा लागेका छन् ।नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केहि दिन पहिले प्रधानमन्त्री ओलीसंग मन्त्री मण्डल परिवर्तनबारे छलफल भएको भन्दै अभिव्यक्ति दिएपछि अहिले नेताहरुको दौड्धुप बढेको हो ।
सरकारका मन्त्रीहरु परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राखेको प्रस्तावले मुर्त रुप लिन नसकेपछि समस्या जहाँको त्यहि रहन पुगेको स्रोतको दाबी छ । पछिल्लो समय प्रचण्डले मन्त्रीहरु फिर्ता बोलाउन परे सबैलाई फिर्ता बोलाउने भन्दै राखेको प्रस्ताव प्रधानमन्त्रीलाई भारी बनेको देखिन्छ ।
तर, मनत्रीमण्डल परिवर्तनको हल्ला फैलिएपछि मन्त्री बन्न विभिन्न नेताहरुको दौडधुप बढेको छ । यस्तो सुचीमा छन्, नेता हरिबोल गजुरेल । गजुरेललाई कृषि मन्त्रालय सम्हाल्ने गरि जिम्मेवारी दिने जनाइए पनि उनले अर्थ मन्त्रालय ताकेर बसेको स्रोतको दाबी छ ।
यस्तो सुचीमा नेताहरु जनार्दन शर्मा, योगेश भट्टराई, रेखा शर्मा र महेश बस्नेत लगायतका नेताहरु रहेको स्रोतको दाबी छ ।यसअघि पनि प्रधानमन्त्री ओलीले वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई फिर्ता बोलाएर जनार्दन शर्मा ‘प्रभाकर’लाई ल्याउने प्रस्ताव प्रचण्डलाई दिएका थिए ।
प्रधानमन्त्री ओलीले शर्मालाई ल्याएर गृहप्रशासनमाथि राम्रो उपस्थिति जनाउन चाहेको स्रोतको दाबी छ। शर्माले यसअघि सम्हालेका मन्त्रालय उर्जा र गृह राम्ररी सम्पादन गरेको भन्दै उनलाई ल्याउन खोजिएको थियो । तर, पार्टीमा दुबै अध्यक्षबीच विभिन्न राजनीतिक खेल सुरु भएपछि यो कुरा यत्तिकैमा सेलाएको थियो भने नेता शर्माले आफू मन्त्री बन्न कसरत नगरेको भन्दै स्पष्ठिकरण समेत दिएका थिए ।
मन्त्री बन्नेहरुको सुचीमा रहेकी नेतृ रेखा शर्माले संघिय मामिला तथा स्थानिय प्रशासन मन्त्रालयका लागि कसरत थालेको स्रोतले जनाएको छ भने, नेता युगेश भटटराई शक्तिशाली मन्त्रालय या सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आउन चासो देखाउदै आएका छन् । वर्तमान मन्त्री गोकुल बाँस्कोटालाई पर्यटन मन्त्रालयमा लैजान सकिने बारे तयारी भएको स्रोतले जनाएको छ ।
यस्तै, यसअघि उद्योग मन्त्रालय सम्हालेका महेश बस्नेतले अहिले पर्यटन मन्त्रालयका लागि कसरत थालेको जनाइएको छ । यद्यपी तत्काल मन्त्री मण्डल परिवर्तन हुने भने छाट देखिएको छैन्। यसबारे दुबै अध्यक्षबीच छलफल भने निरन्तर भइरहेको स्रोतको दाबी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेशमा झण्डै ६ खर्ब पैसा छ, तर, लगानी हुँदैन
असोज ८, २०८० सोमबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
असोज ४, २०८० बिहिबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार
देशको सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषदमा छलफल
असोज १७, २०८० बुधबार
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
असोज १७, २०८० बुधबार
एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
असोज १७, २०८० बुधबार
दशैं, तिहार र छठ पर्वमा सार्वजनिक यातायात सहज बनाइने
असोज १७, २०८० बुधबार