१४ चैत्र २०७९, मंगलवार
पत्रपत्रिका

विप्लव समूहले प्रचण्डको हत्या योजना बनाएको पुष्टि भएपछि…

प्रकाशित मिति :  २ चैत्र २०७५, शनिबार १०:४१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा देशमा नै सुरु भएको छ ।

प्रचण्डले आफूलाई मारेर समस्या समाधान नहुने धारणा बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के प्रचण्डलाई सुरक्षा थ्रेट बढेकै हो त ? सुरक्षा थ्रेटबारे उनी आफैंले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन् ।

सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा प्रचण्डलाई विप्लव समूहबाटै सबैभन्दा बढी सुरक्षा थ्रेट छ । विगतमा सँगै युद्ध लडेका तर, चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धाबाट देखिएको स्रोतले बतायो । नागरिक दैनिकबाट….


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा