२२ मंसिर २०७८, बुधबार

कतारमा हुने विश्वकपमै ४८ टोली बनाउन छलफल

प्रकाशित मिति :  २ चैत्र २०७५, शनिबार ११:३१


एजेन्सी । विश्व फुटबल महासंघ ‘फिफा’ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी संख्या ४८ बनाउन सकिने उल्लेख गरेको छ ।

अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा २२ औं संस्करणको विश्वकपमै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाउने विषयमा छलफल भएको हो । फिफाले रुस विश्वकपपछि सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी गराइने निर्णय भने यसअघि नै गरेको थियो ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले कतारमा हुने विश्वकपमै संख्या बढाउन सकिने निर्णय काउन्सिलले गरेको बताएका छन् । जियानीका अनुसार काउन्सिल बैठकमा आयोजक कतारसँगै सहआयोजक देश थप्ने विषयमा छलफल भएको छ ।

विश्वकप कतारसँग मिलेर बहराइन साउदी अरब वा संयुक्त अरव इमिरेट्स ‘युएई’मा हुन सक्नेछ । यसअघिका विश्वकप जुन जुलाई महिनामा सञ्चालन हुँदै आए पनि कतार विश्वकप नोभेम्बर डिसेम्बर महिनामा सञ्चालन गर्ने फिफाले निर्णय गरको छ ।

कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकोले फिफाले जाडो महिनामा विश्वकप गर्न लागेको हो । काउन्सिलले क्लब विश्वकपमा २४ टोली सहभागी गराउने, सन् २०१९ को महिला विश्वकपमा भिएआर प्रयोग गर्ने, सन् २०२० को यू–१७ महिला विश्वकप आयोजनाको अधिकार भारतलाई दिने लगायत निर्णय गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा