१९ चैत्र २०७९, आईतवार
राजनीति

‘शेखर र शशांकले हिन्दू धर्मका पक्षमा बोलेर केही हुँदैन’: सभापति देउवा

प्रकाशित मिति :  २ चैत्र २०७५, शनिबार १६:३३


पाल्पा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।

शनिबार विहान प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले यस्तो आग्रह गरेका हुन् । देउवाले चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउने वातावरण तयार पार्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

उनले हत्या हिंसाबाट मुलुकमा परिवर्तन गर्न सम्भव नहुने भन्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका हुन् । देउवाले सरकार निरंकुशताको बाटोतर्फ अग्रसर हुँदै गएको बताए ।

आफ्नो पार्टी रेलिङ भाँचेर जनतालाई सास्ती दिने पक्षमा नरहेको उनको भनाइ थियो । अर्को एक प्रसंगमा सभापति देउवाले धर्मका विषयमा संविधानमा उल्लेख भएको व्यवस्थाप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।

गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने उनको भनाइ थियो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा